२०८० बैशाख ७, बिहीबार १६:१२
कैलालीको कुसुमघाट नाकाबाट लागुऔषध सहित एक जना पक्राउ
कैलालीको भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरीसमेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भजनी ईलाका प्रहरी कार्यालय वाट भजनी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मान सिँ ऐरी कमान्ड मा खटिएको प्रहरी टाेलीले सुपप्र०१-०१० प ५२३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नानू काफ्ले (पदम काफ्ले) यस कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित अन्लाईन पत्रीकामा कैलाली भजनी ब्यूरो प्रमुखमा कार्यरत हुनुहुन्छ । उहाँ समसामयिक तथा समाचार सम्प्रेषणमा रहेर काम गर्नुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८४११२०३०५
