पेशागत महासङ नेपालको २९ औ स्थपना दिवसमा बिरामी लाई फलफूल बितरण

पेशागत महासङ नेपालको २९ औ स्थपना दिवसमा बिरामी लाई फलफूल बितरण गरिएको छ ।

आज एक कार्यक्रमका साथ पेशागत महाँसघ नेपालको २९ औ स्थपना दिवसमा जिल्ला अस्पताल बझाङमा रहेका बिरामी लाई फलफूल बितरण गरिएको हाे । जिल्ला कमिटी बझाङकाे आयाेजनामा बेडमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गर्दै दिवस मनाईएकाे महासँघका उपाध्यक्ष सुमन भण्डारीले बताए ।

जिल्ला अस्पतालमा दिनरात नभनि सेवामा खटिएका स्वास्थ्यकर्मीहरुलाई पनि अझै हाैसला दिन र थप सेवामा खटिन उत्प्रेरित बनाउन सम्मान स्वरुप खादा सहित दाेसल्लाले सम्मान गरेको उहाँको भनाइ छ । महासँघले विभिन्न कार्यक्रम गर्दै अगाडि बढ्ने भण्डारीले बताए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240