वडाअध्यक्षकाे जाैँकाे पुरी

बुडखाेरी एक ऐतिहासिक साैन्दर्यताले भरिपुर्ण ठाउँ हाे । जहाँ हरियाली बनजङ्गल सहित चारैतिर सेताम्मे हिमाल देखिन्छन । घर भित्रकाे विशेषता बेग्लाबेग्लै देखिन्छ भने बाहिरी घरको आगनमा पुगेपछि चारैतिर सेता हिमाल देखिन्छन ।

सलल बगिरहेको एउटा खाेलाकाे माथि बुडखाेरी सुन्दर गाउँ पर्छ । त्याे गाउँमा जान छविस पाथिभेराकाे विसाैना बजार हुदै खाेरी मजखाेरी,नाैराकाे सडककाे यात्रा पछि मात्र त्यस गाउँमा पुग्न सकिन्छ । गाउँमा रातिपरेपछि झिलिमिली बिजुलीले टलक्क टल्केकाे गाउँ भने बिहान उठ्ना साथ हिमल देख्न सकिन्छ ।

एक दिनको कुरा हाे । कामना टेलिभिजनकाे टाेली बचनराज जाेशी र म,जनता सँग जनप्रतिनिधि कार्यक्रम चलाउन गाउँपालीकामा थियौँ । हामीलाई याद आयाे सबै ठाउँमा पुगियाे तर वडा नम्बर ७ मा किन नपुग्ने भन्ने सल्लाह भयाे, हामी सँग ३ जनाको टाेली थियाे । एक जना भाई उहाँको काम परेर चैनपुरमा जानू भयाे । हाम्रो ईच्छा भने, बासुधारा हुदै,पाथिभेरा पुग्ने अठाेटका साथ,वडा नम्बर ७ तिर लाग्यौं । बेलुकीकाे चार बजेको थियाे,हामी सँग सवारी साधन माेटरसाईकल थियाे । त्यहि साधन समातेर हामी त्याहाँतिर लाग्याे । गाउँमा सडक पुगेको रहेछ तर त्याहाँ पुग्दा निकै कठिन कठिन यात्रा गर्नु पर्याे धेरै ठाउँमा म पछाडिको मान्छे झरेर हिड्नु पर्ने अवस्था आयाे यस्साे सम्झिए, उपाध्यक्ष लछिमन बाेहरा पनि यतैका हुन । जनसमुदायलाई ब्यावस्थित सडक बनाईदिए अझै राम्रो हुन्थ्यो भन्ने मनमा लाग्याे ।

यात्रा गर्दै जादा, वडा नम्बर ७ का वडा अध्यक्ष विजय बहादुर धामी र उहाँ सँग दुई चार जना अरु साथीहरू एउटा जिवमा हुनुहुन्थ्यो हामी नाैरा भन्ने स्थानमा चिहा खादै थियौँ त्यहि भेट भयाे,सडकको अवस्था देख्दा झनक्क ऋष उठेको थियाे तर उनलाई भेट्दा मन हर्ष भयाे । अध्यक्ष धामीले हामीलाई स्वागत गर्नु भयाे,तपाईं हाम्रो गाउँमा जान लाग्नु भएको छ, भन्दै मुसुक्क हास्नु भयाे । उहाँले झट्ट साेच्नु भएको रहेछ पत्रकार गाउँमा आउदा, मैले अब याहाँकाे पर्यटकीय स्थललाई केहि प्रचारप्रसार गर्न,धार्मिक स्थल बासुधारा पाथिभेरा अवश्य लिन्छौं । तर उहाँले हामीलाई भन्नू भएन सर तपाईं मेराे घरमा आउनु भन्नू भयाे साझकाे करिव ६:३० बजेको समय थियोे । उहाँ जिवमा अगाडि अगाडि जानू भयाे,वचन सर र म माेटरसाईकलमा पछिल्लो पछि उहाँको घरमा पुग्यौं । हामीलाई देखेर हर्षित देखिएका अध्यक्ष धामी सँग विराना हामी मान्छेलाई देखेपछि गाउँकाे साना साना बालबालिका देखि दिदीबहिनीहरु नजिकै आएर हेर्न थाले हामीले नमस्कार भन्दै परिचय दिदा गाउँका सबै खुसि देखिए । तर सबैकाे मनमा बासुधारा र पाथिभेरा पुग्नै पर्छ भन्ने शब्द सुन्दा निकै खुसि छायाे अझै हाैसला थपियाे ।

त्यहीँ दिन हामी अध्यक्ष धामीकाे घरमा बास बस्यौं, आहाँ अर्गानिक परिकार पाे पकाउनु भएकाे रहेछ । धामी हामी सँगै हुनुहुन्थ्यो उहाँको घरमा रहेकी उहाकी धर्मपत्नीले भित्र सिस्नाकाे दाल,हरियाे बेथे र लाेक्कल आलुकाे तरकारी बनाउनु भएको रहेछ । अझै अर्गानिक जाैँकाे पुरी पकाउनु भएको रहेछ । हामीले खाना खान बस्यौं जब अर्गानिक खान आयाे,हामी अचम्म परेर धेरै लामो समय सम्म एक आपसमा मुखामुख गर्याै । र भन्यौं, बिजय सर हामी सँग हुनुहुन्थ्यो तर उहाँको धर्मपत्नीले भित्र अर्गानिक खाना पकाएको पत्तै भएन । हामीले साईपाल जदा मात्र हैन अन्य जतिसुकै ठाउँमा पनि मसिनो चामलको भात र बाहिरी बजारबाट ल्याएको दाल खानु पर्ने अवस्था छ । तर यस गाउँमा अर्गानिक खाना खान पाउँदा निकै खुसि भयाैँ ।

मिठ्ठाे अर्गानिक खान खायौं र त्याे रात उहाँकै घरमा बास बस्यौं एक खाटमा हामी थियौँ भने,एक खाटमा वडा अध्यक्ष सहित दुई जना हुनुहुन्थ्यो हामीले पछिल्लो दिनकाे विहानै पर्यटकीय स्थल पाथिभेरा जाने निर्णय गर्याै । विहान भयाे झुल्के घाम सँगै टलक्क टल्केका हिउले झलमल्ल भएका ती हिमाल देखिए । हामीलाई अगाडि जाने ठुलाे हाैशला मिल्याे । हामी वडा अध्यक्ष विजय धामी सँगै ५/६ जनाको टाेली बासुधारा तिर लायाैँ गाउँबाट बासुधारा पुग्न २:३० मिनेट लाग्दाे रहेछ । बासुधारा निकै पर्यटकीय स्थल रहेछ । जहाँ २२ वटा धार रहेछन जहाँ स्थानीय तर छविस पाथिभेरा गाउँपालीक र प्रदेशको बजेट बाट २२ वटा गाैमुखे धारा निर्माण भएको देखिन्छन । हामी बासुधारा पुग्दा सबै हेर्याै, जहाँ याे स्थान पाथिभेराकाे फेदैमा पर्दछ । तर २२ वटा गाैमुखे धारा निर्माण भएका दुखिएता पनि त्यसको मुहान हेर्दा पाथिभेरा हिमालको फेदकाे एकै चट्टान बाट तल झरेको छ ।

त्यस स्थानमा पुग्दा हामीलाई केही थाहा थिएन, हामी सँग वा अध्यक्ष भएकोले उहाँ सँग यसबारे निकै कुरा कानि छलफल अगाडि बढायाैँ उहाँको भनाइ यस्तो छ । बासुधाराकाे बिशेषता भने, माघे सक्रान्ती सहित शिव रात्रि सहितको दिनमा गाउँका सबै जनसमुदाय सहित दुर्गाथली केदारस्यु चैनपुर लगाएत सुदुरपश्चिमका विभिन्न स्थानबाट आएका दर्शालुभक्तजनहरु अघिल्लो दिन त्याहा रातभरि बसेर भजन गाउँने पुजा गर्ने गर्छन । याहाँ आउने भक्तजनहरुकाे मनले चिताएकाे पूरा हुने गरेकाे पाईन्छ । त्यसैले हजारौं जनसमुदाय त्याे समय मात्र हैन जहिल्यै पनि त्याहाँकाे दर्शनमा जाने गरेका छन । बासुधारा बाट करिव पाथिभेराकाे डाडामा पुग्न १ घण्टा लाग्छ । जहाँ पुगेपछि पुर्वमा सुर्मा गाउँपालीका पश्चिममा बुङ्गल नगरपालिका पर्छ उत्तरमा खप्तड राष्ट्रिय निकुञ्ज दख्न पाईन्छ भने दक्षिणी भागबाट हेर्दा डडेल्धुरा बैतडीको क्षेत्रलाई नियाल्न सकिन्छ राति त्यस स्थानबाट हेर्दा ईण्डीयाकाे नैनीताल देख्न सकिन्छ । यस क्षेत्रमा हिउँ सँग लडिवुढी खेल्न पाईन्छ भने, सिजनमा यार्चागुम्बु टिप्नेहरु पनि धेरै देखिन्छन । जहाँ चाैतर्फि रमाइलो दृश्य हेर्न सकिन्छ भने मन पनि चङ्गा जस्तै हलुका हुने गर्दछ । यसको पर्यटन प्रवदनका लागि स्थानीय सरकार प्रदेश सरकार र केन्द्रीय सरकारकाे ध्यानाकर्षण हुन जरुरी देखिन्छ । स्थानीय सरकार छविस पाथिभेरा गाउँपालीकाले पनि यसलाई पर्यटन भित्र्याउन यसको प्रवदनमा पहल चालेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240