बजेट तथा कार्यक्रम तर्जुमा कार्यशाला गाेष्ठी जिल्ला समन्वयमा सुरु
बझाङ जिल्लामा आर्थिक बर्ष २०८०/०८१ का लागि बजेट तथा कार्यक्रम तर्जुमा कार्यशाला गाेष्ठी सञ्चालन भएको छ ।
आज जिल्ला समन्वय समितिकाे सभाहलमा सञ्चालन भएको गाेष्ठीमा सुदुरपश्चिम प्रदेश क्षेत्र नम्बर १ का साँसद पृथ्वी बहादुर सिँहकाे अध्यक्षतामा सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी प्रमुख अतिथि जिल्ला समन्वय समिति सँयाेजक नरबहादुर बाेहरा उपप्रमुख कृष्ण बिष्ट लगाएत ७ वटा स्थानीय तहका जनप्रतिनिधिहरु रहनुभएकाे थियाे ।

कार्यक्रम प्रमुख अतिथि तथा सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारीले दिप प्रजलन सहित उद्घघाटन गर्नुभएको हाे । सुदुरपश्चिम प्रदेशले अधिवेशन सुरु हुनु पुर्व कुन र कस्ता याेजनाहरुलाई प्राथमिकता दिनु पर्छ । जनताको आवश्यकता परेका याेजनाहरु स्थानीय स्थरबाट आउनु पर्ने भन्दै कार्यक्रम गर्नुभएको सभामुख भिम बहादुर भण्डारीकाे भनाइ थियाे ।

सुदुरपश्चिम प्रदेशले विगतको जस्तो याेजना नहुन दिन र जनगुनासा नआउन दिन सबैको जनचाहना अनुरुपनै काम गर्न लागेको दावी गर्नु भयाे । सभामुख भण्डारीले सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई जनताको आवश्यकता अनुरुपका दिगो हुने याेजना छनाेट गरेर पठाउन पनि अनुराेध गर्नु भएको थियाे । कार्यक्रम सञ्चालन भने,सामाजिक विकास कार्यालय बझाङका कार्यालय प्रमुख विरबहादुर धामीले सञ्चालन गर्नुभएको हाे ।


उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
