नववर्ष मनाउन घर गएकाहरु बाटोमै अस्ताए – बैतडी बझाङ जिप दुर्घटना

बैतडीमा  जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।बझाङ र बैतडी जोडने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका- ८, झौलेक गाउ नजिक हिजो राती ११ बजेतिर  जिप दुर्घटना भएको हो । दुर्घटनामा छ जनाको घटनास्थलमै मृत्युु भएको र पाँच जना  जिपबाट हाम फालेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीका अनुसार बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको  जिप दुर्घटना भएको हो ।  जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेस पन्थी सुरक्षाकर्मीसहित घटनास्थल पुगेका छन् । मृतक सबै बझाङको केदारस्यू गाउँपालिका-५ का बासिन्दा रहेका प्रहरीले जनाएको छ । चालकसहित १२ जना सवार  जिप उकालोमा पछाडि धकेलिएको बुझिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240