चर्चित कार्यक्रम बहकिने मनका प्रस्तोता महाबिर बिश्वकर्माको मृत्यु

बहकिने मनका सञ्चालक महविर विश्वकर्माको दुर्घटनामा परी निधन भएको छ ।

आज विहान साँढे ५ चितवनको राप्ती नगरपालिका वडा नं. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोकिंदा माईक्रकोमा सवार विश्वकर्माको निधन भएको हो ।

सो दुर्घटनामा परी अन्य ५ जना घाइते भएका छन् । उनीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विकको उपचारको क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा परी राप्ती ५ का आयुष लो तामाङ, शंकर चौधरी, उज्वल मैनाली, जवारीलाल विक, र धादिङ रोराङ गापा ५ का कुशल बिसुराल घाइतेभएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240