बझाङमा हावाहुरीले वस्ती उजाड : राहत र क्षतिपूर्ति दिन ऐन महरको माग

बझाङमा हावाहुरिले आधा दर्जन बढी घरहरुमा पुर्ण रुपमा क्षति पुर्याएको छ । शुक्रवार र शनिवार साँझ आएको विनाशकारी हावाहुरीले घरहरूमा क्षेती पुर्याएपछी स्थानीयलाई निकै सकस परेको छ । नेकपा एमाले केन्द्रीय सदस्य ऐन महरले बझाङमा हावाहुरी बाट प्रभावित परिवारलाई राहत र क्षतिपूर्ति दिन सरोकारवाला निकायलाइ माग गरेका छन् ।

शनिवार साँझ बझाङको बुंगल नगरपालिका वार्ड नम्बर ४ का, थलारा गाउँपालिका हलिया मुक्त वस्तिका घरहरूमा क्षति पुराएको थियो । घर र गोठहरूमा हावाहुरीले पुर्‍याएको क्षतिको मापन गरी उनीहरूलाई सरकारले तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने नेता महरको माग छ ।

हावाहुरीको समय सुरु भएको भन्दै उनले थप मानवीय क्षति हुन नदिन सरकार गम्भीर बन्नु पर्ने समेत बताए ।

‘बझाङ बुंगल नगरपालिका ४ का घरहरूमा ठुलो मात्रामा भौतिक क्षति भएको छ’ उनले नेपाल प्रेसलाई भने ‘तत्कार सरकारले उनीहरूलाई राहत र क्षतिपूर्ति दिनु पर्छ ।’

नेता महरले सामाजिक सञ्जाल मार्फत पनि सरकारलाई राहत र क्षतिपूर्तिका लागि अपिल गरेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240