कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव हुने

आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनमा उत्साह र उल्लास देखिएको छैन। जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराए पनि कुल क्याम्पसको आधाभन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन्। एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ।

६ क्याम्पसमा चुनाव हुँदैछ। भने बाँकी क्याम्पसमा तालाबन्दीले चुनाव अनिश्चित बनेको छ। रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी क्याम्पस कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पूनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा मात्रै चुनाव हुने देखिएको छ। कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ।

नेविसंघ एक्लै चुनावी मैदानमा होमिएको छ। कञ्चन बहुमुखी क्याम्पसमा काँग्रेस, माओवादी निकट संयुक्त प्यानलबाट नेविसंघका दिनेश भट्टले उम्मेदवारी दिएका छन् भने एमाले निकट विद्यार्थी संगठनबाट देवबहादुर साउद एक्लै चुनावी मैदानमा उत्रिएका छन्। जनता बहुमुखी क्याम्पस पुनर्वासमा एमाले, काँग्रेस निकट विद्यार्थी संगठनबाट अनेरास्ववियुकी सकुन्तला मल्ल र माओवादी निकट अखिल क्रान्तिकारीबाट मनोज साउद एक्लै चुनावी मैदानमा छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240