कञ्चनपुर बेलडाँडि गाउँपालिका प्रमुख राना गाँउपालिका राष्ट्रिय महासंघ नेपालको सदस्यमा निर्वाचित

कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना गाँउपालिका राष्ट्रिय महासंघ नेपालको सदस्यमा निर्वाचित भएका छन ।

आइतबारदेखि काठमाण्डौँमा भएको गाँउपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट राना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।
बेलडाँडी गाँउपालिका प्रमुख राना महासंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन । बुधबार गाँउपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित रानालाई प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।
आफुले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बेलडाँडी गाँउपालिका प्रमुख रानाको भनाई छ । गत बर्ष नेपाली काँग्रेस कञ्चनपुर उपसभापतिमा निर्वाचित भएपछि गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा बेलडाँडी गाँउपालिका प्रमुखमा निर्वाचित भएका राना ८ महिना पछि फेरी गाँउपालिका महासंघ नेपालमा समेत निर्विरोध निर्वाचित भएका छन ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
