Cope Nepal काे प्रथम साधारण सभा सम्पन्न

अछाम- अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा Cope Nepal काे प्रथम साधारण सभा सम्पन्न भएको छ । “सशक्तिकरणका लागि सहकार्य नेपाल” भन्ने मुला नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो । दान बहादुर साउदकाे अध्यक्षता सञ्चालन भएको कार्यक्रमकाे उदघाटन कार्यक्रमका प्रमुख अथिति चौरपाटी गाउँपालीका वडा नं १ का अध्यक्ष वीर बहादुर थापाले गर्नु भएको थियो र संस्थाको स्तर उन्नतीका लागी आफ्नो ठाउँबाट पहल चाल्ने समेत उहाँले बताउनु भयो । त्यसै गरी संस्थाका उपाध्यक्ष दिनेश आउजीले स्वागत मन्तव्य राख्दै नव निर्वाचित पदाधिकारहरुलाई बधाई तथा शुभकामना दिनु भयो । नव निर्वाचित सचिब तारा प्रसाद पाण्डेयले उक्त संस्थाले जनतासँग रहेर काम गर्ने र पछाडि परेका वर्गलाई माथी ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सह-सचिबमा लाल बहादुर साउद, सदस्यमा रेखा खड्का,जित बहादुर आउजी ,ज्ञानेन्द्र बोगटी, टेक बहादुर विक निर्वाचित हुनु भएको छ । कार्यक्रमको समापन गर्दै Cope Nepal का अध्यक्ष दान बहादुर साउदले समाजमा भइरहेका विकृति भ्रष्टचार र कुरितीलाई निर्मूल पार्नकाे लागि मूल जरो भएर संस्थाले काम जानकारी गराउनु भयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240