बझाङमा प्लस टु पढाउने खेताला शिक्षकको योग्यता नै १२ पास

बझाङको सुर्मा गाउँपालिकामा रहेको सुर्मा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ पढाउने एक जना खेताला शिक्षक छन् । खेताला राखिएका शिक्षकको योग्यता नै १२ पास रहेको खुलेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडाध्यक्ष, प्रधानाध्यापक र शिक्षा शाखा प्रमुखको मिलेमतोमा खेताला शिक्षक राखेको अभिभावकको भनाई छ । १२ सम्म पढाउने शिक्षक नै १२ पास गरेको खुलेको छ । यस अघि पनि सुर्माका अधिकांश विद्यालयमा खेताला शिक्षक राखेर शिक्षकहरू धनगढी काठमाडौँ गएर बस्ने गरेका थिए ।

अभिभावकले गाउँपालिकालाई यो विषयमा जानकारी गराएपछि ५ महिना अघि मात्रै धेरै जसा शिक्षकहरू विद्यालयमा हाजिर भएका थिए । शिक्षा नियमावली अनुसार १२ कक्षा सम्म पढाउन सम्बन्धित विषयमा स्नातकोत्तर पास भएको हुनु पर्ने प्रावधान छ । तर खेताला शिक्षक राख्न नपाउने र योग्यता नपुगेका शिक्षकबाट पठनपाठन गराउनु नियमावली विपरीत भए पनि शिक्षा शाखा प्रमुख र स्थानीय सरकार भने मुखदर्शक बनेका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240