बझाङको छबिसपाथिभेरा गाउँपालिकाका ३ स्वास्थ्य चौकीमा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकामा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको छ ।
छबिसपाथिभेरा गाउँपालिकाको आयोजनामा र कैलाली गेटा आँखा अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको हो ।
गाउँपालिकिकाले पालिका भरका सबै वडा समेटिने गरि ३ वटा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै पौष २८ गते लेकगाउँ स्वास्थ्य चौकीमा , पौष २९ गते कोट चौघानपाटा स्वास्थ्य चौकीमा र पौष ३० गते मटेला स्वास्थ्य चौकीमा शिविर सञ्चालन हुने भएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240