बझाङको तलकाेट गाउँपालीकामा सिरक वितरण



बझाङ जिल्लाकाे तलकाेट गाउँपालीकामा कम्मल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालीकामा रहेका चिसाे माैषमलाई मध्यनजर गर्दै कम्मल वितरण गरिएको गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिद्बराज भण्डारीले बताउनु भयाे । तलकाेट गाउँपालीकामा जाडो बढेसँगै,स्थानीय सरकारका गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले विभिन्न वडाका बस्ती बस्तीमा गएर कम्मल वितरण गर्नुभएको हाे । उपाध्यक्ष कुवरका अनुसार जाडाे माैषमकाे समयमा गाउँपालीकामा रहेका जेष्ठ नागरिक हरुलाई र गरिव विपन्नहरुलाई कम्मल वितरण गर्ने कार्यक्रम तय भएकाे गाउँपालीका उपाध्यक्ष पार्वती कुवर भण्डारीले बताउनु भयाे ।

स्थानीय सरकार तलकाेट गाउँपालीकामा नयाँ जनप्रतिनिधि आएपछि,स्थानीय सरकारकाे अनुभुती भएको र जनता सँग जनप्रतिनिधि घरघरमा भेट्न आएरै आफुलाई न्यानो कपडा वितरण गरेको भन्दै बृद्धबृद्बाहरु खुसि भएका छन । पाैष ९ गते देखि न्यानो कम्मल वितरण वडा नम्बर १ देखि ७ सम्म बितरण गरेको र आज मात्र वडा नम्बर ४/५ मा कार्यक्रम गरेको उपाध्यक्ष भण्डारीले बताउनु भयाे । तलकाेट गाउँपालीकाकाे सहयाेगमा उपाध्यक्ष सहित प्रत्येक वडामा वडाका अध्यक्ष जनप्रतिनिधिहरु र महिला शाखाका कर्मचारी लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

आज देखि अपांगता भएका ब्याक्तिकाे लागि शिविर सञ्चालन गरिएको छ । तलकाेट गाउँपालीकाले गरेको शिविर पहिलाे दिन खाैलामा गरिएको हाे भने २६ गते र २७ गते वडा नम्बर ६/७ मा सञ्चालन हुने वडा नम्बर ७ का वडा अध्यक्ष बिष्टले बताउनु भयाे । उपाध्यक्ष घरघरमा गएर बितरण गरिएको न्यानो कम्मल वितरण कार्यक्रममा १५० जनाले लाभ लिएका छन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240