दिगो विकास भजनिद्वारा कृषक समुहलाई कृषि सामाग्री बितरण

कैलालीको भजनी नगरपालिका मा उत्पादक किसानहरूलाई जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरीएको छ । दिगो विकास समाज भजनी र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल को साझा मा संचलित साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले उनीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

आज एक कार्यक्रमका बिच दिगो विकास समाज भजनीका अध्यक्ष राम बाहादुर सुनार ,भजनी नगरपालिका कृषि साखा प्रतिनिधि दिनेश चौधरी एक नम्बर वडा सदस्य फुल राम चौधरी को संयुक्त मा कृषि समुह हरु लाई कृषि सामाग्री वितरण गरेका हो। टिकापुर नगरपालिका वडा नम्बर ६,७,८,९, भजनी नगरपालिका वडा नम्बर १,२,३,५,७,गरी ८० जना उत्पादक कृषि समुह हरुलाइ सामाग्री हस्तान्तरण गरिएको थियो । प्रति कृषि समुह ११६८८ मुल्य बराबरको कृषि सामग्री स्प्री टंकी,रजिस्टर,स्केल, माई कीलिएर,हजारी, क्यारेट, डम,प्लाष्टिक पाल,टिन बक्स र क्यालकुलेर सामग्री वितरण गरिएको हो।

दिगो बिकास समजा ले विभिन्न समयमा किसान् हरु लाई सहयोग गर्दै आएको भनी त्यहाँ का किसान् हरु एकदमै हर्षीत बनेका थिय

भजनी नगरपालिका कृषि साखा प्रतिनिधि दिनेश चौधरी ले दिगो बिकास समिती किसान् हरुको समस्या बुझ्ने संस्था हरु मध्ये को एक दिगो बिकास समाज हो र दिगो बिकास समज ले हरेक ठाउँमा किसान हरु लाई सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि गर्दै जावस भनी शुभकामना दिएका छन्

वितरण गर्नु अघि दिगो विकास समाज र सामाग्री प्राप्त समुह बिच दुई पक्षीय सम्झौता समेत गरिएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240