बझाङमा एक वडा को बिद्यालयमा न्यानो कपाडा र इ- हाजिरी वितरण
बझाङ जिल्लाको एक वडामा गरिब तथा बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । जिल्लाको
मस्टा गाउँपालिका वडा न १ का अध्यक्ष रामचन्द्र रोकायाले बेतालकोट भैरव प्राथमिक बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई जाडोमा बिद्यालय समयमा लगाउनलाई न्यानो लुगा वितरण गरेको छ ।

बिद्यालयमा अध्यनरत गरिब तथा विपन्न परिवारका १२ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको वडाअध्यक्ष रामचन्द्र रोकायाले बताएका छन् साथै आफ्नो कार्यकालमा आफ्नो वडा भरिकै बिद्यालयहरुलाइ नमुना बिद्यालय बनाउदै शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकता दिने पनि बताएका छन् ।
वडाअध्यक्ष रोकायाले शिक्षा क्षेत्रमा केहि परिवर्तन गर्न सकिन्छ भन्ने अठोटका साथ आज मिति २०७९/०९/१४ गतेका दिन वडाका चार वटा बिद्यालयहरु क्रमशः श्री सुर्मा आधारभुत विद्यालय खालिगडा, घचाया माध्यामिक विद्यालय घचाया , सरस्वती माध्यमिक विद्यालय रनाडा र माइतीवन आधारभुत विद्यालय रनाडा लाई इ-हाजिर वितरण गरेको छ । इ-हाजिर राखेपछि विद्यालय प्रशासनलाई पनि राहत हुने र शिक्षकहरुको खबरदारी हुने बैठकमा उपस्थित प्र.अ हरुको भनाइ रहेको छ ।

वडाअध्यक्ष रोकायाले वडा कार्यलयमा गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा लाई बैठकमा बोलाइ उनको उपस्तिथिमा आफ्नो वडा का सम्पुर्ण बिद्यालायका प्रधानाध्यापकहरु बोलाई उत्कृष्ट प्र.अ. र उत्कृष्ट बिद्यालय छनौट गर्न समिति समेत गठन गरेका छन् ।

उत्कृष्ट प्र.अ. र बिद्यालयलाई विशेष ध्यान राखी पालिकाले गर्न सक्ने सहयोग गर्ने बताएका छन् साथै बिधालयका समस्याहरु बुझेर समाधान गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता पालिका अध्यक्ष बोहराले पनि गरेका छन् । स्थानीयहरुले साथ दिए सम्पुर्ण बिद्यालयको शिक्षाको गुणस्तरमा सहजै विकास गर्न सकिने वडाअध्यक्ष रोकायको बिश्वास छ ।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
