बझाङको छबिसमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको घरमै पुगेर नेता महरद्वारा संवेदना प्रकट

बझाङ – नेपाल कम्युनिस्ट पार्टी एमाले निकट अनेरास्ववियुका निवर्तमान केन्द्रिय अध्यक्ष तथा बझाङ प्रतिनिधि सभा सदस्य उम्मेदवार ऐन महर बझाङ जिल्लाको छबिस गाउँपालिका पुग्नु भएको छ ।

नेता महर हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफुलाई मत दिने मतदाताहरु प्रती धन्यवाद तथा आभार प्रकट गर्न प्रत्येक पालिका पुगे सङ्गै छबिसको घटनाप्रती संबेदना प्रकट गर्न समेत पुग्नु भएको थियो ।

आफुलाई बिश्वास गरेर मत दिनु भएका सम्पूर्ण मतदाताहरु सङ्ग भेटघाट तथा धन्यवाद दिन प्रत्येक पालिका पुग्ने क्रममा उहाँ त्यो घटना पश्चात् छबिसमा मृतकको परिवारलाई भेट्न र मृतकलाइ संवेदना प्रकट गर्न पुग्नु भएको थियो ।

एमाले नेता महरले घटनास्थलमा उपस्थिति भएर शोक् परिवारमा धैर्य धारणा गर्नुहुन अनुरोध गर्दै सडक बिभाग लाई उचित क्षेतिपुर्तिको व्यवस्था गर्नु हुन माग गर्नु भएको छ ।

मंसिर १६ गते करेन्ट लागेर छविसपाथीभेरा गाँउपालिका वडा नं १ का ४० बर्षिया शिवहरी गिरीको मृत्यु भएको थियो । मृतक गिरी सडकमा काम गर्ने लेन्थवर्कर थिए भने उनको मृत्यु सोहि वडाको मटेलामा रुखको हाँगा काट्ने क्रममा विजुलीको तारमा छुन पुग्दा करेन्ट लागेको थियो ।
करेन्ट लागेर बेहोस भएका गिरीको उपचारको लागी जिल्ला अस्पताल ल्याउदै गर्दा बाटोमै ज्यान गएको हो

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240