बझाङमा ३१ औँ अपांगता दिवस भव्यरुपमा सम्पन्न
बझाङमा ३१ औँ अपांगता दिवस भव्यरुपमा सम्पन्न भएको छ । आज जिल्लाकाे समन्वय समितिकाे सभाहलमा कार्यक्रम गरिएको थियोे ।

अपांग महासँघ बझाङका अध्यक्ष भानुभक्त जाेशीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल अतिथिमा सामाजिक विकास कार्यालयका प्रमुख वीर बहादुर धामी लगाएत सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियाे ।

जिल्ला समन्वय समितिकाे सभाहलमा सञ्चालन भएको कार्यक्रममा अपांग लाई माया गर्नु पर्ने र सार्वजनिक यातायातमा भाडादरमा हेर्नू पर्ने बताएका छन । अहिले अपांग लाई हेप्ने प्रवृत्तिकाे अनत्य हुनुपर्ने भन्दै सरकारकाे ध्यानाकर्षण हुनुपर्ने अपांग महासँघ बझाङकाे भनाइ छ । कार्यक्रममा स्वागत मन्तव्य विष्णा दमाईले राख्नु भएको थियाे । कार्यक्रम सञ्चालन नागरिक समाजका जिल्ला प्रमुख दिर्घराज जाेशीले गर्नु भएको हाे । अहिले सामाजिक विकास कार्यालयले सहयाेग गरेको र सबै स्थान बाट सहयाेग गर्नुपर्ने देखिन्छ ।

उत्तम कुमार थापा (काजी) सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला ब्यूरो प्रमुख तथा संवाददाता हुनुहुन्छ । उहाँ समाजका हरेक कुराको लागि आवाज उठाउनु हुन्छ र समाजका अन्याय अत्याचार विरुद्ध कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८६५७७०५३३
