कुलमान घिसिङ धनगढी पुगे, मेयर हमालसंग विद्धुतिय समस्या हलका लागि छलफल

नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ धनगढी पुगेका छन्। धनगढीमा  ‘स्मार्ट स्ट्रिट’ लाइट जडान हुने क्षेत्रको अवलोकनका लागि उनी यहाँ आएका हुन्। 

Generator

धनगढी उप-महानगरपालिका नगर प्रमुख गोपाल हमालले धनगढीमा विद्युतको अवस्थाको विषयमा प्राधिकरण प्रमुखलाई जानकारी गराएका छन्। नगर प्रमुख हमालले मोहनापुल–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी क्षेत्रभित्रको अनुगमन गराएका छन्। धनगढीको एलएनचोक, भन्सार रोड, लगायत मुख्य सडकक्षेत्र दायाँबायाँ रहेका विद्युतका पोल र धनगढीमा विद्युत पूर्वाधारको विषयमा घिसिङले अनुगमन गरेका हुन्।

विज्ञापन

cp

सडक तोडफोड भएको क्षेत्रको समेत उनले अनुगमन गरेका हुन्। धनगढीमा ‘स्मार्ट स्ट्रिट’लाइट जडान हुने क्षेत्रको पनि नगर प्रमुख हमालले प्राधिकरण प्रमुखलाई अनुगमन गराएका छन्। धनगढीको विद्युत व्यवस्थापनको अवस्था बुझेर प्राधिकरण प्रमुख घिसिङ भारतको टनकपुर जान लागेको धनगढी विद्युत वितरण केन्द्रले जानकारी गराएको छ।

kumari

धनगढीका १९ वटै वडामा विद्युतको ट्रान्सर्फमरको ग्रेडवृद्धि, तारमा अपग्रेड, विद्युत नभएका स्थानहरूमा नयाँ लाईन विस्तार, सव–स्टेसन निर्माण, इलेक्ट्रोनिक गाडी चार्ज गर्न धनगढी उप–महानगरपालिका अगाडि र फूलबरीमा चार्जर स्टेशन र कैलाली पुलदेखि क्याम्पस चोकसम्म अन्डरग्राउन्ड लाईन विस्तारका लागि प्राधिकरणसँग उप–महानगरले छलफल गरेको हो। (दिनेश खबरबाट)

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240