बझाङको बाहुली गाड बगरमा चन्द्रगगन आधुनिक बसपार्कको शिलान्यास
बझाङमा बसपार्कको उचित व्यवस्थापन नभएर समस्या भैरहेका बेला बाहुली गाडको बगरमा चन्द्रगगन बसपार्कको शिलान्यास गरिएको छ । बझाङी राजाका सन्तानहरुले आफ्नो पुर्खाको सम्झनामा २३ रोपनी जमिन निशुल्क दिएपछि आज शनिबार एक औपचारिक कार्यक्रम गरी चन्द्रगगंन आधुनिक बसपार्क नामाकरण गरि शिलान्यास गरिएको हो । जिल्ला समन्वय समिति संयोजक नरबहादुर बोहरा र जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले सयुक्त रुपमा बसपार्क को शिलान्यास गर्नुभएको छ । बसपार्क निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले ५ करोड बजेट विनियोजन गरि ठेक्का गरेपछि बसपार्क निर्माण को काम अगाडि बढ्ने भएको बसपार्क निर्माण व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर बिष्ट कृष्णले बताउनुभयो । बसपार्क निर्माणका लागि माटो जम्मा गरेर ग्राविल गरिने पाँच वटा यात्रु प्रतिक्षालय, एउटा सटर सहित सौचालय निर्माण गरिने भएको छ । बसपार्क लगाएत बझाङमा तिन वटा योजना पानकोट कैलास सडक, चैनपुर मयाना सडकको सयुक्त बजेट २५ करोड रहेको छ । निमार्णको जिम्मा बैजनाथ किनारा र सक्ति सावित्री निर्माण सेवाले ठेक्का पाएको छ । ठेक्का सम्झौता भएको मितिले १८ महिनाभित्र बसपार्क निर्माण सम्पन्न गर्ने गरी काम सुरु हुनेभएको छ । किनारा निर्माण सेवाका प्रतिनिधि सुर्य बोहराले बसपार्क निर्माण छिटो छरितो र गुरणस्तरिय बनाउन आफु प्रतिवद्ध रहेको बताउनुभयो । बसपार्क निर्माण गरेर उद्घाटनको समयसम्म बसपार्कको बिचमा चन्द्रजंग सिंह र गगंनजङ सिंहको सालिक बनाउने जयपृथ्वी नगरपालिका मेयर चेतराज बजालले बताउनुभयो । यो बजेटले मात्र बसपार्कको पुर्ण काम सम्पन्न नहुने हुँदा डिपिआर अनुसारको काम गर्न थप बजेटको आवश्यक हुने बताइएको छ । अहिले जिल्लाको सिमखेतमा रहेको एक मात्र बसपार्कको उचित ब्यवस्थापन हुन नसक्दा गाडी पार्किङ गर्न निकै समस्या हुने गरेको छ ।


कल्पना उपाध्याय यस कामना टेलिभिजन तथा कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाको बझाङ संवाददाता हुनुहुन्छ । उहाँ पत्रकारिता क्षेत्रबाट समाजमा हुने अन्याय, अत्याचार, बेथिति तथा अन्य थुप्रै विषयमा कलम चलाउनुहुन्छ ।
