२०८० असार ४, सोमबार १८:१६
डडेल्धुरामा भएको जेसिबी दुर्घटनामा परेर बझाङका युवकको घटनास्थलमै मृत्यु ।।
डडेल्धुरामा जेसिबी दुर्घटना हुँदा बझाङका युवकको मृत्यु भएको छ । जेसिबी चालक बझाङको बित्थडचिर –३ घर भएका २५ वर्षीय कमलबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००१–क १६८३ नम्बरको जेसिबि डडेल्धुराको आलिताल गोदाम बजारबाट आलिताल–७ को दुधेखालीमा काम गर्न जाने क्रममा आलिताल–८ को कुर्जेनिको कपसे खोलामा दुर्घटना भएको हो । जेसिबि सडकबाट करिब ३० मिटर तल खसेको आलिताल प्रहरी चौकीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
