नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा कैलालीको भजनि अबैध नाकाबाट खुलेआम तस्करी
भारतसंग खुल्ला रुपमा जोडिएको सिमा क्षेत्र रहेको कैलालीमा अहिले निर्वाद रुपमा अवैध तस्करी फस्टाउदाँ नेपाल सरकारले पाउनु पर्ने लाखौं बढी राजश्व रकम मासिदै गएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गतको ईलाका प्रहरी कार्यालय प्रहरी प्रशासन भजनी र सशस्त्र प्रहरी बल बिओपी कुसुमघाटको मिलोमतोमा अहिले कैलालीको भजनिमा अबैध तस्करी फस्टाएको छ । लत्ताकपडा, खाद्ययान्न, चौपाया, जस्ता कारोबार अहिले कैलालीको सिमा क्षेत्रमा निर्वाद भई रहेको फेला परेको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा कैलालीको भजनि जसबहादुर र मरियाघाट नाकाबाट खुल्याम तस्करी भईरहेको हो । प्रहरी र सिमा सुरक्षाको बल मानिएको शसस्त्र प्रहरी बल यति हुँदाहुँदै पनि मुकदर्शक बनेको छ ।

स्थानियले घरायसी सामान तथा दैनिक उपभोग्य सामान, कृषी प्रयोजनका लागि ल्याइने मलखाद ल्याउँदा अबैध तरिकाले मासिक रुपमारकम असुली गरेपनि लागू औषध तथा अन्य सामान भित्रीदाँ भने केही गर्न नसकेको स्थानीयको आरोप छ ।
भजनी नाकाबाट दैनिक उपभोग्य सामान ल्याउने सोही ठाउँका स्थानीयले प्रहरी तथा शसस्त्र प्रहरि बलका जनपद देखि, प्रहरी निरीक्षकसम्म सबैलाई रकम दिने गरेको बताउँछन् । हप्ता तथा मासिक तरिकाले एकमुष्ट रकम दिने गरेको बताउने स्थानीय अझै यति हुँदाहुँदै पनि प्रहरी र सिमा बलले दुख दिने गरेको बताउँछन ।
जिल्लाका साना अबैध नाकाबाट ल्याइने दैनिक उपभोग्य सामानमा यतिबेला भजनी नगरपालिकाको इलाका प्रहरी , सशस्त्र प्रहरी बल बिओपि खुलेआम रकम असुली कार्यलाई तिब्रता दिईरहेको छ । यो बारेमा बुझ्दा इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी भजनी भने आफू सहि भएको निर्धक्कका साथ बताउँछन् ।

नानू काफ्ले (पदम काफ्ले) यस कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित अन्लाईन पत्रीकामा कैलाली भजनी ब्यूरो प्रमुखमा कार्यरत हुनुहुन्छ । उहाँ समसामयिक तथा समाचार सम्प्रेषणमा रहेर काम गर्नुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८४११२०३०५
