बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु

बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
जिल्लाको केदारस्युँ गाउँपालिका २ र ४ को बिच बज्वामा मालबाहक ट्रकले ठक्कर दिँदा हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका ३ रकैल घर अन्दाजी २३/२४ अमृता खत्रीको मृत्युु भएको हो ।

सोमबार आज बिहान सदरमुकाम चैनपुरदेखि बागथाल तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकललाई धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खत्रीको घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

अहिले ट्रक चालक बैतडीको पुर्चौडि नगरपालिका ६ का दिपेन्द्र साउँद नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको र मोटरसाइकल चालक बझाङको जयपृथ्वी नगरपालिका ७ का नारायण जोशी फरार रहेका छन् ।

नारायण र अमृता संस्थाका कार्यक्रमका लागि चैनपुरबाट भइरहेका बुझिएको छ ।
मृतक खत्रीको माइतीघर खप्तडान्ना गाउँपालिका रहेको प्रहरीले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240