बझाङको केदारस्युँ गाउँपालिकामा भीरबाट लडेर एकजनाको ज्यान गयो

बझाङको केदारस्युँ गाउँपालिकामा भीरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ ।
केदारस्यु गाउँपालिका वडा नम्बर -९ थालाका अन्दाजी ४५ वर्षीय मान बहादुर बाेहराकाे मङ्गलबार साँझ पौडी बजार बाट घर जाने क्रममा भीरबाट ज्यान गएको हो ।
घर नजिकैको थाला डाँडा भन्ने ठाउँ बाट लडेर उनको घटनास्थलमै ज्यान गएको स्थानीय राम बहादुर बोहराले जानकारी दिनुभएको छ । घटना बारे थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल तर्फ गइरहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240