बन क्षत्रमा बन्दै बझाङ जयपृथ्वी नगरपालिकाको डम्पिङ साइट, स्थानीय असन्तुष्ट
बझाङ : बझाङको जयपृथ्वी नगरपालिकाले जय मष्टा सामुदायिक बन र तारामण्डल सामुदायिक बनको बिच क्षत्रलाइ फोहोरमैला व्यवस्थापन गर्ने स्थल (डम्पिङ साइड) बनाउने भएको छ ।
नगरपालिकाले दैनिक रुपमा चैनपुर बजार र जयपृथ्वी नगरपालिकाका वडा–वडाबाट संकलन भएका फोहोरमैला सो वनको जग्गामा व्यवस्थापन गर्ने गरि सो कार्यको थालनी गर्न लागेको हो ।

नगरपालिकाले फोहोर ब्यबस्थापन जयपृथ्वी नगरपालिका वार्ड नं ७ को बोरेबगर (जुन मष्टा सामुदायिक बन र तारामण्डल सामुदायिक बनको बिच क्षत्र पर्दछ) त्यसलाई बनाउने निर्णय गरेपनि वार्ड नं ७ का स्थानिय भने नगरपालिकाको निर्णय प्रती असन्तुष्ट व्यक्त गरिरहेका छन् ।
यही पौष २० गते बुधबार सो डम्पिङ साइड सहमतीको लागि जयपृथ्वी नगरपालिकाले छलफलका लागि वडामा बैठक समेत बोलाएको थियो । नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत समेत भएको उक्त बैठकमा वडाका स्थानीय सबैले डम्पिङ साइड अन्त बनाउन आग्रह गरे ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्मराज जोशिले भने ‘सिमेन्टको पर्खाल बनाएर फोहोरमैला व्यवस्थापन गरिन्छ।’
´यो योजना २०७१ पौष ४ गते प्रमुख प्रशासकीय अधिकृत अम्मराज खत्री हुँदा सर्वसम्मत निर्णय भएको थियो हामिले सोही निर्णयलाई कार्यान्वयन मात्र गर्न थालेका हौँ ।` उनले भने ।
कार्यक्रममा बोल्दै नगरप्रमुख चेतराज बजालले भने
नगरपालिकाभित्र सड्ने र नसड्ने फोहोरलाई छुटाएर डम्पिङ साइडमा हाल्ने हुनाले स्थानीयलाई असर नगर्ने समेत बताए । उनले डम्पिङ साइड मापदण्ड विपरीत भयो भने मेरो कठालो समात्नु होला समेत भन्दै स्थानीयलाई विश्वास दिलाउन खोजेपनी स्थानीय भने डम्पिङ साइटको विकल्प खोज्न नगरपालिकालाई जोड दिइरहे ।

सामुदायिक बन वरपर फोहोर थुपार्न नपाइने तथा भविष्यको लागि पर्ने असर बारे उचित तरिकाले मुल्यांकन गरि बन समितीसंग समेत अनुमति लिइ फोहोरमैला ब्यबस्थापन गर्नुपर्ने भएपनि यता नगरपालिका भने जिम्मेवारहिन भएर निर्णय गरिरहेको स्थानीयहरुको भनाइ रहेको छ ।
सामुदायिक वन
बझाङ बन क्षत्र भएको जिल्ला भित्र पर्दछ । विगतमा वन क्षेत्रमा व्यक्तिगत अतिक्रमण हुँदै आएपनि पछिल्लो समय संस्थागत अतिक्रमण बढ्दै गएको छ।
पछिल्लो समय विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी, मन्दिर, फोहोरमैला व्यवस्थापन केन्द्र लगायतका नाममा वन अतिक्रमण हुदै आएको छ।
कुनैपनि स्थानीय तहहरुले स्वीकृत नलिएर वनभित्र तथा बनको वरपर फोहोर व्यवस्थापन गर्न नपाइने स्पष्ट व्यवस्था भएपनि जयपृथ्वी नगरपालिकाले भने दुई सामुदायिक बनको बिच भाग बोरेबगर भन्ने स्थानमा फोहोर व्यवस्थापनका लागि डिपिआर तयार पारेको छ ।

सामुदायिक बन परिसरमा जयपृथ्वी नगरपालिकाले आफूखुसी डिपिआर तयार पारी फोहोर फ्याक्दा स्थानीय तथा बन क्षत्रका वन्यजन्तुलाई समेत असर पर्ने स्थानीयहरुको बुझाइ रहेको छ ।
सामुदायिक वन क्षेत्र परिसरमा आफूखुसी नगरपालिकाले डम्पिङसाइटको डिपिआर बनाएर मापदण्डविपरीत काम गरेको स्थानीयहरु बताउँछन् ।
वातावरणसंगै उत्पादनमा ह्रास
जयपृथ्वी नगरपालिकाले आफुखुशी फोहोर सामुदायिक वन क्षत्र परिसरमा व्यवस्थापन गर्दा भावी दिनमा वातावरणसंगै वन्यजन्तु तथा स्थानीयहरुले असर भोग्नु पर्ने प्रष्ट देखिन्छ ।
‘वन भित्र र त्यो क्षत्रमा पानीको मुहान छन् , सिँचाइको लागि त्यहीँबाट पानी ल्याउनुपर्ने हुन्छ । त्यसले पनि उब्जनी तथा अन्य थुप्रै कुरामा निकै असर गर्ने देखिन्छ त्यसैले कुनैपनि प्रकारका फोहोर त्यहाँ व्यवस्थापन गरिनु हुदैन।’ स्थानीय पर्माखर जोशी ले भन्नुभयो ।
उनले वनभित्र फोहोर व्यवस्थापन गर्दा वातावरणसंगै किसानले उब्जनी गर्ने अन्नवाली, खानेपानी लगायतमा असर पुग्ने बताए।
यस्तो छ कानुन
फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन २०६८ को दफा ११ र १२ मा फोहोरमैला स्थानान्तरण तथा विसर्जनको विषयमा स्पष्ट रूपमा उल्लेख गरिएको छ।
दफा ११ को उपदफा २ मा स्थानान्तरण केन्द्र तोक्दा जनस्वास्थ्य तथा वातावरण प्रतिकूल असर नपर्ने गरी तोक्नुपर्नेछ र यसरी तोकिएको स्थललाई दुर्गन्ध नआउने गरी आवश्यक व्यवस्थासमेत गर्नुपर्नेछ।

त्यस्तै, दफा १२ को उपदफा १० मा पशुपंक्षी, जीवजन्तु, तथा मानवको अनधिकृत प्रवेशलाई रोक लगाउने ढुंगा, गिट्टी, बालुवा, निकाल्ने कार्यमा रोक लगाउनुका साथै वातावरण संरक्षण र त्यस्तो क्षेत्रको उचित व्यवस्थापनका लागि अन्य आवश्यक निर्देशन तथा निर्देशिका जारी गरी लागू गर्ने उल्लेख छ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
