रामारोशन गाउँपालिकामा तालाबन्दी, अधिकृत भण्डारी भन्छन्–आन्दोलन गर्न लाज मान्नुपर्ने
अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाले करारमा आफ्ना नजिकका व्यक्तिलाई पास गराएको आरोपमा पालिकामा तालाबन्दी गरिएको हो ।

असन्तुष्ट पक्षले बिभिन्न आरोप लगाउँदै पालिकामा तालाबन्दी गरिएको छ ।
हिजो मात्रै सम्पन्न भएको करार कर्मचारीको परिक्षामा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले मोटो रकम खाएर नजिकका व्यक्तिलाई पास गराएको आरोप लागेको छ ।
चुनाव अगाडि नै पालिकाले बिभिन्न पदमा १३ जना कर्मचारीको पदपुर्तिका लागि विज्ञापन गरेको थियो । तर, निर्वाचन आचारसंहिता लगायत अन्य कारणले परिक्षा हुन सकेको थिएन् ।
यता प्रमुख प्रशासकिय अधिकृत भण्डारीले भने पैसा खाएर पास गराएको आरोपको खण्डन गर्नुभएको छ । उनले संक्षिप्त कुराकानी गर्दै आफु कसैको प्रलोभनमा नपरि परिक्षा निस्पक्ष गराएको दावी गरेका छन ।
अधिकृत भण्डारीले बिभिन्न दलका नेताहरुले आफ्नो व्यक्तिलाई पास गराउन दवाव दिएको तर आफुले योग्यता र क्षमताको आधारमा मुल्यांकन गरेको बताएका छन् ।
उनले आफ्नो समाजिक संजाल फेसवुकमा लेखेका छन् – “रामारोशन गाउँपालिका अछाम मा हिजो मात्रै सम्पन्न परिक्षाको बिषयमा उत्पन्न परस्थिति देखेर हास्न बाहेक अरु बिकल्प छैन !
१- मेरो मान्छे पास गरिदिनुपर्यो भनेर मकहा नआएको मान्छे को हो ? ? ? ?
२- तपाइहरुले भनेको मान्छे पास हुदा परिक्षा निष्पक्ष हुने अनि तपाइले नभनेको मान्छे पास हुदा धादलि हुने हो ? ?
३- हिजो हाकिम साव म त हजुरको खास मान्छे हु भनि खुट्टा ढोग्ने तपाइ आज कसरि म पराइ भए !
४- परिक्षामा शुन्य (० )नम्बर ल्याउने अनि आन्दोलनको नेतृत्व गर्ने …….. जी अलिकति लाज मान्नुस !
रामारोशन गाउँपालिका अछाममा जति दिन बसिन्छ ! निष्ठा पुर्वक बसिन्छ ! बिधि बमोजिम काम गरिन्छ ! नेता र दलको खास मान्छे भएकै कारण जागिर खान पाउने युग सकियो ! योग्यताको आधारमा क्षमताको आधारमा काम पाउने युग सुरु भयो ! आउनुस को-कस्को पेपर हेर्न मन छ, कस्को योग्यता कति हो हेर्नु छ भने ! आन्दोलनकारी र पर्दा पछाडिबाट तालाबन्दि गर्न सहयोग गरेकाहरु जवाफ दिनुस?”
प्रमुख प्रशासकीय अधिकृत भण्डारी सङ्ग गाउँपालिका अध्यक्ष मानबहादुर साउँद र उपाध्यक्ष सुनिता बुढा बिच यस भन्दा पहिला अध्यक्ष को पत्नी भान्से नियुक्त गर्ने कुरा मा पनि बिवाद सृजना भएको थियो ।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
