सुदूरपश्चिममा एमालेको संसदीय दलको नेतामा रावल, उपनेतामा थापा चयन

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।शनिबार बिहान प्रदेश इन्चार्ज लेखराज भट्ट को निवासमा बसेको संसदीय दलको बैठकले रावललाई दलको नेता चयन गरेको हो।उनी कञ्चनपुरबाट समानुपातिक प्रदेश सभा सदस्य हुन्। उनी पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज हुन्।यसैगरि , दलको उपनेतामा सन्तोषीकुमारी थापा शर्मा चयन भएकी छन्।उनी पनि समानुपातिक सांसद हुन् ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० सांसद रहेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240