२०७९ पुष १५, शुक्रबार १०:४८
कैलालीको बौनियाँ बजारबाट अवैध चिनी बरामद
कैलालीको बौनियाँ बजारबाट अवैध चिनी बरामद गरिएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिकाको बौनियाँ बजारमा रहेको चन्दा किराना पसल र रामचन्द्र जनरल स्टोरबाट ३/३ बोरा अवैध चिनी गोप्य सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो।

बरामद गरिएको चिनी कैलाली भन्सार कार्यालय पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँले जनाएको छ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
