धनगढीको मुख्य सडक निर्माण गर्न सुदूरपश्चिम सरकारले दियो ६० करोड
धनगढीको मुख्य सडक निर्माण गर्न सुदूरपश्चिम सरकारले ६० करोड रुपैया दिएको छ। धनगढी उप–महानगरपालिकालाई कैलालीपुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि प्रदेश सरकारले ६० करोड रुपैयाँ दिएको हो।
धनगढीका नगर प्रमुख गोपाल हमालले प्रदेश सरकारले सडक निर्माण तथा कालोपत्रका लागि ६० करोड रुपैयाँ दिएको बताएका छन्। उनका अनुसार कैलालीपुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग)सम्मको २ दशमलव ३ किलोमिटर सडक कालोपत्रका लागि यो रकम खर्च हुने छ।
आफ्नो आग्रहमा मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र आर्थिक मामिला मन्त्री प्रकाश रावलले बजेट विनियोजन गरेका हमालले बताएका छन्।
उप–महानगरले धनगढीको मुख्य सडक फराकिलो बनाउदैछ। सडकको बिचबाट १५ मिटर दाँया र १५ मिटर बाँयाका भौतिक संरचना खाली हुँदैछन।


राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
