पुर्व प्रधानमन्त्री वलि संग कुरा गर्न नाम टिपाउने समय आज १२ बजेसम्म मात्र
अध्यक्ष ओलीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा आफूसँग कुरा गर्न चाहनेले नम्बर टिपाउनुहोला भन्दै पोस्ट गरेका थिए । उक्त जानकारीपछि हालसम्म एक लाख १२ हजार ४७७ जनाले नाम टिपाइसकेको ओलीको आधिकारिक फेसबुक पेजबाट जानकारी दिइएको छ ।
ुुहालसम्म एक लाख १३ हजार ४ सय ७७ जनाले नाम र नम्बर टिपाउनुभएको छ । यो उत्साहपूर्ण सहभागिताले खुशी छु । धेरै नाम आएकाले नाम टिपाउने समय भोलि दिउँसो १२ बजेसम्म मात्र निर्धारण गरेका छौँ । नाम र नम्बर त टिपाउनु भयो नि रुुु उनको पोस्टमा भनिएको छ ।
ओलीसँग कुरा गर्न चाहने व्यक्तिलाई उनले आफ्नो फेसबुक पेजमा नम्बर मेसेज गरिदिन अनुरोध गरिएको थियो । आफ्नो नम्बर पठाउने समय बिहीबार १२ बजेसम्म लम्ब्याइएको छ । केपी ओलीसँग फोनमा कुरा गर्न एक लाख १४ हजार सर्वसाधारणले टिपाए नाम र नम्बर
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार कात्तिक ४ गते फोनमा कुरा गर्न एक लाख बढी सर्वसाधारणले नाम र सम्पर्क नम्बर टिपाएका छन् ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
