प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बझाङमा निर्वाचन अधिकृत कार्यालय स्थापना

बझाङमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

जिल्लाको निर्वाचन क्षत्र नं १ को जयपृथ्वी नगरपालिका वार्ड नम्बर १० चैनपुर तथा बझाङ जिल्ला अदालत परिसरमा रहनेगरी सो निर्वाचन कार्यालय स्थापना गरिएको हो ।

यही मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई सभ्य, भव्य र मर्यादित बनाउन आज मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना भएकाे छ। कार्यालय प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको उपस्थितिमा खोलिएको थियो । कार्यक्रममा बोल्दै युवा नेता ऐन महरले “निर्वाचन सभ्य र मर्यादित बनाउनु हामी सबैको कर्तब्य रहेको” बताउनु भयो । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सदस्य तथा अन्य बुद्धिजिविको उपस्थिति थियो ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
