२०७९ श्रावण २१, शनिबार १२:२०
एमाले निकट कार्यकर्ता बुच्चा हतियार भए- लेखराज भट्ट ।
नेकपा एमालेका सचिव लेखराज भट्टले कार्यकर्ताका लागि राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताएका छन्। शनिबार अत्तरियामा एमाले गोदावरी नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले पार्टीभित्र प्रशिक्षण नहुँदा कार्यकर्ता धार नभएका हतियारजस्तै बनेको बताए।
उनले भने ‘कार्यकर्ता, नेता चेतनासहित तिखो हुनुपर्छ। हामीले हतियारमा धार किन लगाउछौं ? किन भने त्यो बुचो भए काट्दैन। हाम्रोमा पनि वैचारिक तिखोपन आएन भने विरोधीसँग लड्न सक्दैनौ।’ उनले वैचारिक रुपमा स्पष्ट नहुँदा कार्यकर्ताहरु व्यक्तिवादी भएको दाबी गरे।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
