सुदूरपश्चिमप्रदेश सरकारले छ अर्ब बढि विकास बजेट खर्च गर्न सकेन
धनगढी, कैलाली
धनगढी,३२ असार । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा छ अर्ब ९८ करोड ३९ लाख विकास अर्थात पुँजीगत बजेट खर्च गर्न सकेको छैन । पुँजीगततर्फ १८ अर्ब ९० करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷७९ सम्म ११ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ ।

पुँजीगत बजेट खर्च प्रतिशत ६३।०५ पुगेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । प्रशासनिक कार्यमा खर्च हुने चालू बजेट खर्च प्रगति भने ७२।३२ प्रतिशत पुगेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा चालूतर्फ कुल १२ अर्ब ५७ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये नौ अर्ब नौ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । चालू बजेट तीन अर्ब ४७ करोड ९९ लाख खर्च नभएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल ३१ अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । विनियोजित बजेटमध्ये १० अर्ब ४६ करोड ३९ लाख रुपैयाँ खर्च नभएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख वासु जोशीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारले असारमामात्रै आठ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च गरेको छ । आर्थिक वर्ष २०७८र७९ को ११ महिनामा ९जेठ मसान्तसम्म० कुल बजेटको ४०।४४ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले असारमामात्रै २६।३१ प्रतिशत बजेट खर्च गरेको हो । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म १२ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ खर्च भएको थियो । असार महिनामा भने आठ अर्ब २८ करोड १८ लाख रुपैयाँ निकासा भएको सो कार्यालयले जानकारी दिएको छ ।
असार मसान्तसम्म प्रदेश सरकारले कुल खर्च २१ अर्ब एक करोड १७ लाख रुपैयाँ पु¥याएको छ। असार मसान्तसम्मको खर्च प्रगति प्रतिशत ६६।७६ पुगेको छ ।प्रदेश सरकारले अर्थ विविधमा छुट्टयाएको दुई अर्ब ५० करोड चार लाख रुपैयाँ खर्च भएको छैन । यसैगरी, अर्थ वित्तीय व्यवस्था शीर्षकमा छुट्टयाइएको ३० करोड रुपैयाँ पनि खर्च हुन सकेन ।
सुदूरपश्चिम प्रदेश सरकार मातहतका मन्त्रालयमध्ये उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको खर्च प्रगति सबैभन्दा बढी रहेको छ । सो मन्त्रालयले आफूले पाएकोमध्ये एक अर्ब ७३ करोड ७४ लाख रुपैयाँ खर्च गरी ७६।८९ प्रतिशत खर्च प्रगति हासिल गरेको छ ।
प्रदेश सभा सचिवालयले १८ करोड १९ लाख ९७४।७९ प्रतिशत०, प्रदेश लोकसेवा आयोगले ५१ लाख ९५३।५३ प्रतिशत० बजेट खर्च गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १९ करोड ३५ लाख ९४९।०४ प्रतिशत०, आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ करोड ६७ लाख रुपैयाँ ९३९।८८ प्रतिशत० बजेट खर्च गरेका छन् ।
यसैगरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब २१ करोड २३ लाख रुपैयाँ ९७५।८१ प्रतिशत०, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ५४ करोड ३४ लाख रुपैयाँ ९७६।७१ प्रतिशत० बजेट खर्च गरेका छन् ।
सबैभन्दा बढी बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले आठ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ ९६९।५५ प्रतिशत० बजेट खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले चार अर्ब ९३ करोड १३ लाख रुपैयाँ ९७५।७१ प्रतिशत० बजेट खर्च गरेको छ । यसैगरी, प्रदेश योजना आयोगले दुई करोड १४ लाख रुपैयाँ ९६९।५४ प्रतिशत० बजेट खर्च गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिएकोमध्ये दुई अर्ब छ करोड ३१ लाख रुपैयाँ ९८८।८७ प्रतिशत खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
