अमेरिकामा मंकिपक्सको संक्रमण बढ्दै, एक हजार बढि संक्रमित

धनगढी, कैलाली

अमेरिकामा एक हजार जनाभन्दा धेरैमा मङ्कीपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको छ। अमेरिकामा ४३ वटा राज्यमा भेटिएको सङ्क्रमणबाट एक हजार जनाभन्दा धेरै बिरामी भएका हुन्।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै एक सय ६१ जना मङ्कीपक्सबाट सङ्क्रमित छन्। त्यसैगरी न्युयोर्कमा एक सय ५९ र इलिनोइसमा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको सीडीसीले जनाएको छ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि उपलब्ध अमेरिकी खाद्य तथा औषधि प्रशासनद्वारा अनुमति प्राप्त खोप ९जेवाईएनएनईओएस० को एक लाख ३२ हजारभन्दा बढी मात्रा देशव्यापी रूपमा लगाइएको छ। मङ्कीपक्सका सङ्क्रमित बढ्दै गएपछि स्थानीयस्तरमा खोपको अभावसमेत देखिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240