नगर प्रमुख ले गरे आफू चढ्ने गाडीलाई स्वास्थ्य क्लिनिकमा प्रयोग
धनगढी,२९ असार
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख चढ्ने गाडी वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग हुने भएको छ। सो गाडीलाई बुधबार एक कार्यक्रमकाबीच स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर महरालाई हस्तान्तरण गरिएको छ ।

नगर प्रमुख गोपाल हमालको उपस्थितिमा स्वामी १००८ देवराज आचार्यले महरालाई गाडीको चावी हस्तान्तरण गरे । धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा गएर स्थानीयलाई विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको छ ।
आउँदो साउन १ गतेबाट विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालन हुने नगर प्रमुख हमालले जानकारी दिएका छन् । विशेष वडा स्वास्थ्य क्लिनिक सञ्चालनका लागि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पाँच वर्षसम्म दुई जना विशेषज्ञ डाक्टरको तलब, भत्ता व्यहोर्ने सम्झौता गरेका छन् । यसैगरी, सामाजिक विकास मन्त्रालयले स्वास्थ्य उपकरण सहयोग गरेको जनाइएको छ ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
