जोशिपुर गा. पा मा रहेकोे रघुनाथ माबी मा ब्यबस्थापन समितिको लागि चुनावी मिति तोकियो

कैलालीको जोशिपुर गाउँपालिका वडा नं ७ मा रहेको श्री रघुनाथ आदर्श प्राविधिक माध्यमिक बिधालय मा ब्यबस्थापन समितिको को अध्यक्ष सोही गाउँपालिकाका पुर्ब अध्यक्ष रहेका थिए । अहिले सोही ब्यबस्थापन समितिको कार्यकाल सकिएपछि बिधालय प्रशासन ले अर्को कमिटी गठन का लागी २०७९ साल असार ८ गते पत्र काटेर भेला बोलायो ।

८ गते विवाद अध्यक्ष सर्वसम्मत गर्न नसक्दा पुन १६ गते स्कुल प्रशासन ले पत्र काटेर अभिभावक भेला बोलायो । तर १६ गते बैठक बस्दा पनि केही टुङ्गो भने लाग्न सकेको थिएन विवाद मा आयर स्थगित भएको थियो, पुन बिधालय प्रशासन ले भेला को लागि असार २७ गते पत्र काटेर आज भेला सम्पन्न भएको छ । भेलामा गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायत १ देखि ७ वटा वडा का वडा अध्यक्ष लगायत अभिभावक विभिन्न राजनीति दलका नेता कार्यकर्ता हरु को उपस्थिति रहेकोे थियो । भेला पुनः विवादमा आँउदा गाउँपालिका अध्यक्ष चित्र बाहादुर चौधरी ले भदौ११गते चुनावी प्रक्रियामा जाने निर्णय सुनाउदा सम्पुर्ण ले सहमति जनाएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240