धनगढी,२९ असार धनगढी उपमहानगरपालिकाका नगर प्रमुख चढ्ने गाडी वडा स्वास्थ्य क्लिनिकका लागि प्रयोग हुने भएको छ। सो गाडीलाई बुधबार एक कार्यक्रमकाबीच स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर महरालाई हस्तान्तरण गरिएको छ । नगर प्रमुख गोपाल हमालको उपस्थितिमा स्वामी १००८ देवराज आचार्यले महरालाई गाडीको चावी हस्तान्तरण गरे । धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा गएर स्थानीयलाई विशेषज्ञ सेवासहितको स्वास्थ्य
नेकपा एमालेका प्रदेश सभा सदस्य पठानसिंह बोहराले सरकारले वितरणमुखी बजेट ल्याएको बताएका छन्। बजेटमाथि धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन्। ‘सरकारले गलत चिन्तन राखेर अगाडि बढेको बजेटबाट पुष्टि हुन्छ’ उनले भने, ‘अघिल्ला वर्षहरू भन्दा यो अझै परिष्कृत भएर आउनुपर्ने हो। तर, त्यो भन्दा पनि खराब बजेट आएको छ। माननीयज्यूले सिफारिस गरेका योजना, कर्मागत, बहूबर्षिय
सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमा तीव्र विवाद कारण २९ दिन सम्म प्रदेश सभामा छलफल हुन पाएको छैन ।सुदूरपश्चिम प्रदेश सरकारलाई आफैले ल्याएको बजेट गलपासो भएको छ । पूर्व बजेटको सिद्धान्त र प्राथमिकताविपरित बजेट ल्याएपछि प्रदेश सरकारलाई त्यहि बजेट गलपासो भएको हो । बजेटकै कारण सरकार नै अप्ठ्यारोमा परेको छ ।शिक्षा, स्वास्थ्य लगायतकाको
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार राति जिल्लाको गौरीगंगा नगरपालिका(९ शंकरपुर बजारमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ७ प ११४७ र सोही दिशातर्फ गइरहेको सुपप्र ०१ ००९ प ७८९१ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल ९से ७ प ११४७० चालक घोडाघोडी नगरपालिकाका २३ वर्षीय रामअवतार कठरीयाको मृत्यु भएको
धनगढी उपमहानगरपालिकाको नगर सभा बैठकमा मेयर गोपाल हमाल र वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजाल बिच चर्काचर्की परेको छ ।उनीहरुबिच करिब आधा घन्टा भनाभन भएको हो । वडाध्यक्ष रिजालले हमालले आफूलाई धम्की दिएको बताएका छन् । बैठक सुरु भएको करिब १ घण्टा ३६ मिनेटमा एजेन्डा सकिएको थियो । त्यसपछि नगर प्रमुख हमालले एजेन्डा सकिएको
कैलालीको जोशिपुर गाउँपालिका वडा नं ७ मा रहेको श्री रघुनाथ आदर्श प्राविधिक माध्यमिक बिधालय मा ब्यबस्थापन समितिको को अध्यक्ष सोही गाउँपालिकाका पुर्ब अध्यक्ष रहेका थिए । अहिले सोही ब्यबस्थापन समितिको कार्यकाल सकिएपछि बिधालय प्रशासन ले अर्को कमिटी गठन का लागी २०७९ साल असार ८ गते पत्र काटेर भेला बोलायो । ८ गते विवाद अध्यक्ष सर्वसम्मत
कैलालीमा नाइरोबी फ्लाई किराको आतंक, एकै दिन चार जनाको उपचारकैलाली । बर्खायामसँगै कैलालीमा पनि ‘नाइरोबी फ्लाई’ किराको सङ्क्रमण देखिएको छ । जिल्लाको कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रमा उक्त किराका कारण सङ्क्रमित भएका विरामी भेटिएका हुन् ।आइतबार हसुलियास्थित मिरर हस्पिटलको ओपिडीमा देखाउन आएका मध्ये चार जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । आइतबार पानी फोका रातो धर्का
करेन्ट लागेर कैलालीमा एक जनाको मृत्युकैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१स्थित धनगढी रोडमा नेपाल विद्युत प्राधीकरण अत्तरियाको कम्पाउण्ड भित्र सु।प।प्र। ०१–००१–ख २६७४ नम्बरको ट्रकमा विद्युतको तारहरू लोड गर्ने क्रममा करेन्ट लागेर सोही ट्रकको सह चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सहचालक बझाङको केदारस्यु गाउँपालिका–१ का २१ वर्षीय सन्तोष
सुदूरपश्चिम प्रदेश सरकारको आधाभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि केन्द्रित गरी विनियोजन गरेको छ। जसकाकारण स्वास्थ्य, शिक्षा, आर्थिक विकास, मानव अधिकार संरक्षण, सुशासन लगायतका आधारभूत क्षेत्रमा बजेटको अनुपात घटेको देखिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सरकारले कूल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको हुनुपर्छ। तर, सुदूरपश्चिम प्रदेशको आधा बजेट भौतिक