बझाङको केदारस्युँ गाउँपालिकामा भीरबाट लडेर एकजना पुरुषको ज्यान गएको छ ।केदारस्यु गाउँपालिका वडा नम्बर -९ थालाका अन्दाजी ४५ वर्षीय मान बहादुर बाेहराकाे मङ्गलबार साँझ पौडी बजार बाट घर जाने क्रममा भीरबाट ज्यान गएको हो ।घर नजिकैको थाला डाँडा भन्ने ठाउँ बाट लडेर उनको घटनास्थलमै ज्यान गएको स्थानीय राम बहादुर बोहराले जानकारी दिनुभएको छ । घटना
बझाङ बझाङको थलारा गाउँपालिका-८ मा वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको छ ।थलारा गाउँपालिका वडा नम्बर ८ को आयोजनामा वसन्त पञ्चमी’तथा सरस्वती पुजाको अवसर पारी आयोजित वडा स्तरीय विद्यालय बालबालिका अतिरिक्त क्रियाकलाप कार्यक्रम शुक्रबार दोस्रो दिन एमरल्ड ईडन एकेडेमीको प्राङ्गणमा सम्पन्न भएको हो । वडाका बालबालिकाको क्षमता अभिवृद्धि र विद्यार्थीहरूको मुल्यांकन गर्नका
बझाङ- बझाङको थलारा गाउँपालिका-७ मा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।युनाइटेड मिसन टु नेपालको सहयोग र प्रगतिशील युवा समाजको आयोजनामा वडा स्तरीय १ दिने विपद जोखिम व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम वडा कार्यालय माडौँकाट्नेमा बिहीबार सम्पन्न भएको हो । वडा स्तरीय विपद जोखिम व्यवस्थापन समितिका पदाधिकारीलाई विपद सम्बन्धि अवधारणा
बझाङको छबिसपाथिभेरा गाउँपालिका -७ मा कच्ची मदिरा बनाउने भट्टी भत्काउन थालिएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ बुड्खोरीमा नवगठित सन्देश स्मृति क्लबले वडा कार्यालय र बिसौना प्रहरी चौकीसंग सहकार्य गरेर कच्ची मदिरा बनाउने भट्टी भत्काउने अभियान थालेको हो । बुधबार बुड्खोरी टोलमा अवैधरुपमा सञ्चालित कच्ची मदिरा बनाउने भट्टीहरू भत्काइएका छन्, भने २ सय १०
बझाङ – बझाङको थलारा गाउँपालिकाको १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) आज शुक्रबारदेखि सुरु भएको छ ।गाउँपालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा १० औं गाउँसभा तथा (हिउँदे अधिवेशन ) आज शुक्रबार बाट पालिकाको सभाहलमा सुरु भएको हो ।गाउँसभा तथा हिउँदे अधिवेशनमा विभिन्न प्रस्तावमाथि छलफल गरिएको छ ।गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को प्रारम्भिक म.ले.प प्रतिवेदन माथि
बझाङको छबिसपाथिभेरा गाउँपालिकाको कोट चौघानपाटा स्वास्थ्यचौकीमा एकदिने निःशुुल्क आँखा उपचार (मोतिबिन्दु सम्बन्धि ) शिविर सम्पन्न भएको छ ।छविसपाथिभेरा गाउपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल कैलालीको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविर सम्पन्न भएको हो । शिविरबाट ३ सय १८ जनाले सेवा लिएको स्थानीय पशुपति खत्रीले जानकारी दिइन् । सेवा लिएका मध्ये २७
बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिकामा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको छ ।छबिसपाथिभेरा गाउँपालिकाको आयोजनामा र कैलाली गेटा आँखा अस्पतालको प्राबिधिक सहयोगमा निःशुल्क आँखा उपचार (मोती बिन्दु सम्बन्धि ) शिविर सञ्चालन हुने भएको हो ।गाउँपालिकिकाले पालिका भरका सबै वडा समेटिने गरि ३ वटा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गर्न लागेको हो
बझाङको छबिसपाथिभेरा गाउँपालिकाको ११ औं गाउँसभा (हिउँदे अधिवेशन ) सुरु भएको छ ।आज गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष बसन्त चलाउनेको अध्यक्षमा अधिवेशन सुरु भएको हो ।अधिवेशनमा गाउँपालिकाबाट आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट तथा कार्यक्रमको पुनरावलोकन , विभिन्न विधेयकहरूमा छलफल भइरहेको छ । विनियोजन भएका योजनाहरूलाई कसरी दिगो र पारदर्शिक बनाउने भन्ने बिषयमा छलफल भइरहेको छ