Author: बचन राज जोशी

सुदूरपश्चिम प्रदेशको बजेटमा मन्त्री सोडारीको एकाधिकार

सुदूरपश्चिम प्रदेश सरकारको आधाभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि केन्द्रित गरी विनियोजन गरेको छ। जसकाकारण स्वास्थ्य, शिक्षा, आर्थिक विकास, मानव अधिकार संरक्षण, सुशासन लगायतका आधारभूत क्षेत्रमा बजेटको अनुपात घटेको देखिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सरकारले कूल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको हुनुपर्छ। तर, सुदूरपश्चिम प्रदेशको आधा बजेट भौतिक

भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

पछिल्लो समय बर्खामासमा पहाडि जिल्लामा भिरबाट खसेर ज्यान गुमाउनेको संख्या बढ्दै गईरहेको छ । यहि असार २५ गते फेरि बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ५ डिलगाउँकि ३४ बर्षिया विद्यादेवी जोशीको यहि असार २५ गते बेलुका घर नजिकैको छतुलेकबाट घर फर्कने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

बझाङमा वडासदस्यको मृत्यु

बझाङमा एक वडासदस्यको निधन भएको छ। शनिबार जिल्लाको मष्टा गाउँपालिका ७ का नवनिर्वाचित वडासदस्य बमबहादुर बोहराको निधन भएको हो। बोहरा आज बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका थिए। रिंगटा लागेर ढलेका उनको त्यहीँ ज्यान गएको पारिवारिक स्रोतले जानकारी दियो। मृतक बोहरा गत बैशाख ३० गते नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए।

एमाले बझाङको अध्यक्षमा भण्डारी निर्बिरोध निर्वाचित

बझाङः नेकपा एमाले बझाङको ८ औं अधिवेशनबाट जिल्ला अध्यक्षमा दमन भण्डारी निर्विरोध चयन भएका छन्। शनिबार भएको निर्वाचन प्रक्रियामा एकल उम्मेदवारी परेपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन्। भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका थिए। यस्तै सचिवमा भने नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्रबहादुर सिंह र आनन्दलाल विक गरी ४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा मोहनराज जोशी

व्यक्तिगत तलबबाट यम बुद्धको सालिक बनाउने मेयर बालेन शाहको घोषणा

पछिल्लो समय निकै चर्चामा आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्।उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्।यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए। उनले शुक्रबार आफ्नो

बाजुरा बुढिगंगामा ३ हजार ९६२ मत गन्दा दोब्बर मतले एमाले अगाडि

बचन राज जोशी, धनगढी बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले २,४४३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १,२९१ मत पाएका छन्।यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुवँरले २,४१७ मत पाएकी

बाजुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ। बिहीबार बेलुका बडिमालिका नगरपालिका(६ का जब्बरे खड्काकी छोरी १४ वर्षीया भावना खड्काको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार गाउँ नजिकैको पोखरीमा उनी साथीहरुसँग नुहाउँने क्रममा डुबेकी थिइन्। पोखरीमा डुबेपछि गाउँलेले त्यहाँबाट केही समयमै निकालेका थिए। निकालेको केहीबेरमै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। बचन राज

बाजुराको बुढीगंगामा मतगणना सुरु

बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुरू गरिएको छ। बिहीबार सम्पन्न मतदानको मतगणना आज सुरु भएको हो।वैशाख ३० मा गरिएको चुनावमा धाँधली भएको भन्दै भएपछि पुनः निर्वाचन गरिएको थियो। पुनः मतदानमा कुल ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ। वैशाख ३० गतेको मतदानमा ७५ दशमलव ७८ प्रतिशत मत खसेको थियो। १३ हजार
Facebook700
Follow by Email20
Twitter240