रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा उजुरी

पूर्व सञ्चारकर्मी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिविरुद्ध उजुरी परेको छ ।

सो पार्टीबाट चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेविरुद्ध उजुरी परेको हो । उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन आयोगले जानकारी दियो ।

लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो । उम्मेदवार लामिछानेविरुद्ध राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् । निर्वाचन आयोगकाका अनुसार उम्मेदवार लामिछानेविरुद्धको उजुरीपछि कानूनी व्यवस्था अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरिएको छ । अब निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाउँनेछन् । त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240