झन् जिर्ण बन्दै बझाङको उत्कृष्ट सामुदायिक विद्यालय बाल मन्दिर, सरोकारवालाको ध्यान गएन


बझाङको जयपृथ्वी नगरपालिका चैनपुरमा रहेको एकमात्र सामुदायिक विद्यालय जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयमा पर्दछ । यो स्कुलमा भर्ना हुनका लागि जिल्लाका विभिन्न स्थानहरुबाट आएका विद्यार्थीहरु बिच प्रतिस्पर्धा नै हुने गर्दछ तर विडम्बना जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित बाल मन्दिरका भौतिक संरचना निकै जिर्ण अवस्थामा छन् । यतिमात्र होइन अत्याधिक चापका कारण तिनै जिर्ण संरचना समेत अपुग बन्दै गएका छन् । स्कुलको सानो एउटा मात्र भवन छ , भवनमा सानासाना बाह्र वटा कोठाहरु छन् तर विद्यार्थीको संख्या पाँच सय बढि छ जसले गर्दा विद्यार्थीलाई खचाखच राखेर पढाउनु पर्ने बाध्यता छ । कतिपय कक्षाकोठामा त डेस्क बेन्च समेत नहुँदा बालबालिकाहरु चिसो भुइँमा बसेर पढ्न बाध्य छन् । न शौचालयको ब्यबस्था न खानेपानीको ब्यबस्था न त खेलमैदानको नै ब्यबस्था छ । यस्तैयस्तै बाध्यतालाई छिचोल्दै स्कुलमा पढाई भइरहेको छ । वर्षौं पुरानो जिर्ण भवन कुनबेला भत्किएर मानवीय क्षति हुने हो भन्ने त्रासैत्रासमा त्यहाँ कार्यरत शिक्षकहरू छन् । यति हुँदा पनि अघिल्लो स्थानीय सरकार तथा अन्य कहिँकतैबाट सहयोग नपाइएको प्राध्यानाध्यापक टेक बहादुर सिंह बताउँछन् । यता भर्खरै निर्बाचित जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजाल भने स्कुलको विषयमा आफू सकारात्मक रहेको र सहयोगको लागि संघ प्रदेशसम्म पहल गर्ने विषयमा सोचिरहेको बताउनुहुन्छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240