रोकिएको बस सङ्ग हायस ठोक्किदा ११ जना घाइते
बिरेन्द्र बाग
कञ्चनपुरमा हायस र बस आपसमा ठोक्किदा ११ जना घाइते भएका छन । जिल्लाको कृष्णपुर नगरपालिका–२ मछेली पुल नजिकै से १ ज ९५४ नम्बर हायस र से १ ख ११९४ बस एकआपस ठोक्किदा १३ जना सामान्य घाइते भएका हुन ।
धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको सुनौलो यातायात प्रालीको हायसले बिग्रिएर सडकमा रोकिएको बसलाई बाणीको मछेली पुल नजिक पछाडिबाट ठक्कर दिएको अत्तरियास्थित प्रहरी ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपेन्द्रकुमार पालले जानकारी दिए।

दिउँसो पौने २ बजे कृष्णपुर नगरपालिका–२ बाणीस्थित मछेली पुलमा उक्त दुर्घटना भएको हो । कृष्णपुर नगरपालिका–४ बस्ने वर्ष ४२ का सवारी धनी डम्मर भट्ट आफैले हायस चलाइरहेका थिए। घाइतेहरुको वाणीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सूचना: kamanatoday.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।
