अस्पतालमा नियम बिपरित कुनै काम हुँदैनन्, संस्था बदनाम बनाउन अल्लारे प्रबृती देखाउनु हुन्न: शाह

सेती प्रादेशिक अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष नर बहादूर शाह (निर्मल)ले अस्पतालले माग गरेका स्वास्थ्यकर्मीको आवेदनमाथी छनौट प्रक्रिया शुरु भएको बताएका छन् । अस्पताल बिकास समितिले माग गरेका ३५ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी सहित ७० जनाको बिज्ञापनमा १ हजार ७१ जनाले आवेदन दिएका छन् । आवश्यक्ताभन्दा धेरै आवेदन परेका कारण छनौट प्रक्रियामा समय लागिरहेको शाहले बताएका छन् ।

अस्पतालले छनौट प्रक्रिया शुरु गरिसकेकाले सक्दो चाँडो नतिजा ल्याउने प्रयाशमा रहेको शाहले बताए । अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी छनौटमा व्यापक चलखेल भएको भन्दै मेडिकल सुपरिटेण्डेन्ट डा.हेमराज पाण्डेलाई ब्यवस्थापन समिति सदस्य डिल्लीराज भट्टले दिएको ज्ञापनपत्र बारे शाहले भट्टको ब्यक्तीगत इगो भएको बताए । अस्पताल ब्यवस्थापन समिति संगै सिगों अस्पताल नियम बिपरित कुनै काम गर्दैन शाहले भने “कसैको दवाव र प्रवाहले कर्मचारी भर्ना हुने भन्दापनि योग्यता र सक्षमताका आधारमा कर्मचारी भर्ना हुने छन्, सामान्य कुनै कार्यालयका कर्मचारी तोकका आधारमा भर्ना गरेजस्तो यहाँ हुँदैन, यो सुदूरपश्चिम प्रदेशको एक्लो रेफरल अस्पताल हो यहाँ दक्ष जनशक्ती आउँछ ताकी कसैको पहुँचमा होइन ।”

कसै साथीहरुका आफ्ना मान्छे भर्ना नहुने स्थिती हुनसक्छ उहाँभन्दा योग्यले स्थान पाउँछ उनले भने “यसमा आत्तिनु पर्दैन सेती अस्पताल बनाउनका लागी निस्वार्थ भावना बोकेर आउनुपर्छ त्यो भावना मेसु र मैले बोकेका छौँ यहाँ कुनै किसिमको गलत कार्य हुँदैन ।” अस्पताल ब्यवस्थापन समितिका एकजना सदस्यले मेसुलाई ज्ञापनपत्र बुझाएको खबर पाए, त्यो उहाँको ब्यक्तीगत कुरा हो शाहले भने “ब्यवस्थापन समिति यस्ता कार्यमा लाग्दैन हामी काम गर्ने हो, सेवा गर्ने ठाउँमा आएर देखावटी काम भन्दापनि प्रतिफल देखिने काम गर्नुपर्छ भन्ने म ठान्छु, अस्पताल भनेको एउटा मन्दिर हा मन्दिरमा गलत गर्न खोज्ने सफल हुँदैनन्, अस्पतालमा खोलिएको बिज्ञापनमा आवेदन भर्नेहरुमध्ये उत्कृष्टले स्थान पाउनेछन्, पहुँचका भरमा कुनै काम हुने छैन ढुक्क भए हुन्छ ।”

प्रादेशिक अस्पतालले चिकित्सक, नर्सिङ कर्मचारी, अहेव, अनमी, ल्याब टेक्निसियिन लगायतको पदपुर्ति गर्ने भन्दै ७१ जनाका लागि विज्ञापन आह्वान गरेको थियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240