साँसद जाेशीेले गरे खप्तड छान्नाका बाढीपीडितकाे निरिक्षण


बझाङ जिल्लावाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित साँसद भानुभक्त जाेशीले निरिक्षण गर्नुभएको छ ।

निर्वाचित भएको केही समय पछि जिल्लामा पुगेका जाेशीले खप्तड छान्ना गाउँपालीकामा क्षेति भएका सग्रचनाहरुकाे निरिक्षण गर्नुभएको उनका स्वकीय सचिव दिपक बाेहराले बताए । सरकारले गर्नुपर्ने काम काे अवस्थालाई लिएर साँसद जाेशी सहित प्रमुख जिल्ला अधिकारी नाराण पाण्डेय सहितको टाेलीले स्थलगत अनुगम गर्नुभएको थियाे ।

जिल्लाकाे खप्तड छान्नामा बन्दै गरेका पुलहरुकाे अनुगमन पनि तिव्र गरेका हुन । तमैलमा बन्दै गरेको पक्की पुल छान्नाकाे जडारीगाडमा बन्दै गरेको पुल र गडरायमा बन्दै गरेको पुलकाे अनुगमन साथै वडा नम्बर एक देखि वडा नम्बर ७ सम्म करिव डेढ बर्ष अगाडि क्षेतिग्रस्त सँग्रचनाकाे निरिक्षण साथै स्थानीय सरकारलाई जनताको जनभावना अनुरुप काम गर्न सल्लाह दिनु भएको हाे । अनुगमनमा उहाँ सँगसँगै पुगेका प्रमुख जिल्ला अधिकारी पाण्डेयले काम ढिला गर्ने ठेकेदारलाई कडा चेतावनी सहित समय भन्दा छिटो काम सक्काएर आफुले पाउने सेवा सुविधा लिन निर्देशन दिनु भयाे, यदि जनताको कामकाजमा दुख दिने,छिटो छरितो काम नगर्ने यस्ता खालका कामहरु गर्नेलाई प्रशासनले कार्वाही गर्ने र ठेक्का रद्ध गर्न सिफारिस गर्ने उहाको भनाइ थियाे बझाङ बिकासमा तिव्रता दिन निर्देशन दिनु भयाे । जिल्लाकाे सबैभन्दा ठुलाे क्षेति खप्तड छान्नामा भएको थियाे । बाढीले क्षेति पुगेका सँग्रचना अनुगमन तथा निरिक्षणमा खप्तड छान्नाका जनप्रतिनिधि सहित वडा नम्बर ३ का वडा अध्यक्ष गाैरी अधिकारी रावल उपस्थिति हुनुहुन्थ्यो,उहाले खप्तडकाे बिकास समृद्धिमा सबैले हातेमालो गर्नु पर्ने र स्थानीय सरकार लागिपरेको बताउनुभयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240