तीन दिने व्यवसाय सुरु तथा सुधार तालीम सम्पन्न
कैलालीको भजनी नगरपालिका वडा नं १ भजनीमा व्यवसाय सुरु तथा सुधार तालिम सम्पन्न भएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको आयोजनामा ३ दिने तालिम सम्पन्न भएको छ।

तालिममा भजनी नगरपालिका वडा नं १,२,३,५र ७ गरी १९जना सिमानाकृत वर्गहरूको सहभागिता रहेको थियो । व्यावसायिक योजना निर्माण गरी सो अनुसार व्यवसाय संचालन गरी जीविकोपार्जन गर्ने उद्देश्यले तालिम संचालन गरीएको परियोजनाका योजना अधिकृत विनोद शाहले जानकारी दिए । कार्यक्रममा दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि भजनी नगरपालिका वडा नं १का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ रहनु भएको थियो ।
कार्यक्रममा दिगो विकास समाज भजनीका कार्यकारी निर्देशक लक्ष्मी दत्त भट्ट,दिगो विकास समाजका धनी राम राजी र पत्रकार लगाएतको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले दिगाे विकास समाजले गरेका हरेक कार्यक्रम बाट आफु प्रभावित भै आफुले पनि धेरै कुराकाे ज्ञान पाएकाे र नगरपालिकाले पनि दिगाे विकासले गरेकाे कार्यक्रम बाट पाठ सिक्नु पर्ने बताएका छन्।तालिमको दिगो विकास समाज भजनीका प्रेम राज पाण्डेयले सञ्चालन गर्नु भएको तालिमको प्रशिक्षक मिना जोशीले गर्नु भएको थियो।

नानू काफ्ले (पदम काफ्ले) यस कामना टेलिभिजन तथा कामना टेलिभिजनबाट सञ्चालित अन्लाईन पत्रीकामा कैलाली भजनी ब्यूरो प्रमुखमा कार्यरत हुनुहुन्छ । उहाँ समसामयिक तथा समाचार सम्प्रेषणमा रहेर काम गर्नुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८४११२०३०५
