लालझाडि गाउँपालिका वार्ड नम्बर १ नौरंगामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।
कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं. १ नौरंगामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सो स्वास्थ्य शिविर लालझाडी युवा क्लब ११ नौरंगा र सिपि अस्पताल धनगढी चटकपुरको आयोजनामा भएको थियो ।

एक दिने निशुल्क स्वास्थ्य शिविर बाट लालझाडी गाउँंपालिकाका करिब ८०० स्थानियले स्वास्थ्य लाभ लिएका थिए । जसमध्ये ४४० जना महिला र ३६० जना पुरुष ले स्वास्थ्य सेवा लिएका थिए ।

सिपि अस्पताल धनगढीमा कार्यरत विशेषज्ञ डक्टर हरुले दिएको सो स्वास्थ्य शिविरमा जनरल सर्जरी, फिजिसियन,स्त्री तथा प्रसुति रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान तथा घाँटी रोग, निशुल्क भिडियो एक्सरे तथा निशुल्क औषधि समेत वितरण गरिएको थियो । उक्त निशुल्क स्वास्थ्य शिविर लालझाडी युवा क्लब ११ का संस्थापक सल्लाहकार स्व. बिश्नु बहादुर दानपालिको सम्झनामा सो क्लबले गरेको हो ।

कार्यक्रममा लालझाडी युवा क्लब ११ का अध्यक्ष काशिराम बोहरा, प्रदेश सभा सदस्य बिरबहादुर थापा, सिपि अस्पताल धनगढीका अध्यक्ष डा. चन्द्र प्रकाश पाण्डे लगायतको उपस्थिति थियो ।


बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
