सुदूरपश्चिममा बझाङ, बाजुरा लगायतका जिल्लाहरूमा हिमपात सुरु

सुदूरपश्चिमका जिल्लाहरुमा गए रातिदेखि वर्षा संगै हिमपात सुरु भएको छ । विगत वर्षमा मंसिर र पुसमा नै हिउँ फाल्ने गरेपनी यसपाली भने बिगतको भन्दा अलि ढिला हिउँ परेको हो । हिमपात हुँदा हिमाली भेगका वस्तिका स्थानियको जनजीवन कष्टकर बनेको छ ।

फोटो – प्रदिप बोहरा

बझाङको साइपाल गाउँपालिका, तलकोट गाउँपालिका बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका तथा बैतडी, डडेल्धुरा ,दार्चुला, डोटि लगायतका अन्य क्षेत्रहरुम एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।

गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी साइपाल गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । धुलि, धलौन, लासि गाउँ लगायतका स्थानमा बढी हिमपात भएको छ ।

फोटो – प्रदिप बोहरा

बाक्लो हिउँका कारण आवतजावतमा समस्या, भेडा चराउँन अप्ठ्यारो भएको बझाङ साइपाल गाउँपालिकाका स्थानीय प्रदिप बोहरा ले बताएका छन् । हिमपात हुँदा गहंँ, जौँ तथा अन्य बाली सप्रिने आशामा सुदूरपश्चिमका किसान छन् ।

हिउँपरेपछि विशेषगरी किसानहरु खुुसी भएका छन् । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।

फोटो – प्रदिप बोहरा

हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको स्थानीयको भनाइ छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240