२०७९ माघ ३, मंगलवार १२:४१
सभामुख भण्डारीले लिए पद तथा गोपनियताको सपथ
सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले आज दिउसो २:३० बजे पद तथा गोपनियताको सपथ लिएका छन्। सपथ ग्रहणसँगै उनले पदभार ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख देवराज जोशीले भण्डारीलाई पद तथा गोपनियताको सपथ खुवाए लगत्तै प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका छन्। पदभार सम्हाले लगत्तै उनले सर्वदलीय बैठक बोलाइ आपसी छलफल गरेका छन ।
बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धि छलफल हुने र आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

राकेश खड्का यस कामना टेलिभिजन तथा यस बाट सञ्चालित अन्लाईन पत्रीकामा व्यवस्थापकको भुमिका निर्वाह गरिरहनुभएको छ । उहाँ समाचार तथा विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
उहाँसंग सम्पर्कको लागि – ९८५८४८८०२३
