बझाङको छबिसपाथिभेरा गाउँपालिकाको ११ औं गाउँसभा (हिउँदे अधिवेशन ) सुरु

बझाङको छबिसपाथिभेरा गाउँपालिकाको ११ औं गाउँसभा (हिउँदे अधिवेशन ) सुरु भएको छ ।
आज गाउँपालिकाको सभाहलमा पालिका अध्यक्ष बसन्त चलाउनेको अध्यक्षमा अधिवेशन सुरु भएको हो ।
अधिवेशनमा गाउँपालिकाबाट आर्थिक वर्ष २०७९/०८० को विनियोजित बजेट तथा कार्यक्रमको पुनरावलोकन , विभिन्न विधेयकहरूमा छलफल भइरहेको छ । विनियोजन भएका योजनाहरूलाई कसरी दिगो र पारदर्शिक बनाउने भन्ने बिषयमा छलफल भइरहेको छ ।
अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहरा , ७ वटै वडाका वडाध्यक्ष , कार्यपालिका सदस्यहरू लगायत पत्रकारको उपस्थिति रहेको छ ।
अहिले अधिवेशन चलिरहेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240