२०७९ मंसिर ४, आईतवार ०१:५५
बझाङको सदरमुकाम चैनपुरमा शंकास्पद बस्तु फेला
बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको छ । मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो वस्तु देखिएको हो । निर्वाचनलाई बिथोल्ने लक्षका साथ उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने र उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेनालाई खटाइएको छ ।

उक्त वस्तुले मतदान प्रक्रियालाई असर नगर्ने हुँदा चैनपुरबासीले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो ।

बचन राज जोशी यस कामना टेलिभिजन तथा कामना टेलिभिजन बाट सञ्चालित अन्लाईन पत्रीकाका सञ्चालक अध्यक्ष हुनुहुन्छ । उहाँ विभिन्न क्षेत्रमा कलम चलाउनुहुन्छ ।
सम्पर्क नम्बर – ९८५८४८८०२४
