लगातारको वर्षाका कारण बझाङमा नेपाल टेलिकमको नेटवर्क सेवा अनियमित ।।

लगातारको वर्षाका कारण बझाङमा नेपाल टेलिकमको नेटवर्क सेवा अनियमित भएको छ । बादल लागेपनि टेलिकमको नेटवर्क हराउने बझाङका अधिकांश स्थानहरुमा वर्षात सुरु भएसँगै स्थानियहरु फोन र इन्टरनेट सेवाबाट विमुख भएका छन् । जिल्लाको साइपाल, सुर्मा,खप्तडछान्ना, बुङ्गल, छविस पाथिभेरा लगाएतका पालिकाहरुमा फोन र इन्टरनेट सेवा प्रभावित भएको छ । यसैविच जिल्ला सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाका विभिन्न गाउँमा समेत सामान्य फोन गर्न समस्या भैरहेको छ । जयपृथ्वी नगरपालिका ११ दैकुमलामा फोनको टावर नहुँदा निकै समस्या भएको स्थानिय सन्तोष धामिले बताउनुभयो । उहाँले गाउँमा अत्यावश्यक काममा समेत सञ्चार विहिन हुनुपरेको बताउनुभयो । यता नेपाल टेलिकम बझाङले भने जिल्लाका टावरहरुमा अझैसम्म पनी सौर्य बत्तीकै भर पर्नु पर्ने भएकोले दिनमा घाम नलाग्दा समेत नेपाल टेलिकमको नेटवर्कमा समस्या आउने गरेको बताएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *

Facebook700
Follow by Email20
Twitter240